खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा समष्टीको चारैवटा ग्राम पञ्चायतहरूका भीएसटी र भीसीटीहरूलाई लिएर सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव रबि सुब्बाले गरेका थिए। सभालाई समष्टिक प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको पर्यवेक्षक बिन्नी शर्मा, सभासद नवराज छेत्री र भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सम्बोधन गरेका थिए। यसै सभामा तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा कार्यरत् भीएसटी र भीसीटीहरूलाई लिएर समष्टी स्तरीय कमिटी गठनार्थ संयोजकहरू चयन गरिएको छ। सभामा भीएसटी र भीसीटीको समष्टि स्तरीय कमिटी गठनार्थ घैयाबारी ग्राम पञ्चायत तीनको सुपर भाईजर धिरेन प्रधानलाई संयोजकको रूपमा चयन गरिएको छ। त्यसरी नै सह संयोजकहरूमा शिवखोला ग्राम पञ्चायतबाट सुभम थापा, घैयाबारी ग्राम पञ्चायत दुईबाट आनन्द ब्राह्मण र महानदी ग्राम पञ्चायतबाट मनिष छेत्रीलाई चयन गरिएको छ।

अब आगामी एक साताभित्रमा संयोजक र सह संयोजकहरूले भीसीटी र भीएसटीहरूलाई लिएर तीनधारे महानदी समष्टि स्तरीय कमिटी गठन गर्नलाई झट्टै पहल गरिनु पर्ने जिम्मेवारी दिइएको छ। सभामा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा लगायात समष्टीको पार्टी पदाधिकारीहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सभा विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।









