सिलगढी: उत्तर बङ्गा तेली समाजले रक्तदान तथा स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ। आइतबार बिहान १० बजेदेखि चम्पासरीस्थित एक लजमा शिविर सुरु भएको हाे।
रक्तदान बाहेक आँखा जाँच, रक्तचाप, ब्लड सुगर, ईसीजी लगायतका धेरै प्रकारका स्वास्थ्य परिक्षण गरिएको थियो। उक्त शिविरमा सिलगढी र आसपासका विभिन्न क्षेत्रबाट उत्तर बंगाल तेली समुदायका मानिसहरु आएका थिए। संस्थाका अध्यक्ष शम्भुनाथ गुप्ताले ठूलो परिमाणमा यो पहिलो ठूलो कार्यक्रम भएको बताए। कार्यक्रमलाई सफल बनाउन समाजका बासिन्दाले हरतरहले सहयोग गरेका छन्। शिविरबाट संकलन गरिएको रगत सिलगढी रोटरी ब्लड बैंकमा पठाइनेछ।