खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर २० मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे सांगठनिक सभा सम्पन्न भएको छ। भागोप्रमो खरसाङ टाउन कमिटीकोे तत्वावधानमा वार्ड नम्बर १ देखि वार्ड नम्बर २० सम्ममा सांगठनिक सभा निरन्तरता रूपमा भईरहेको छ। यसै क्रममा भागोप्रमो खरसाङ टाउन कमिटीको सांगठनिक सभा वार्ड नम्बर २० को दोकानडाँडा समिति भवनमा सम्पन्न भयो। उक्त सभा वार्ड नम्बर २० का सभापति छिरिङ लेप्चाकोे अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई सञ्चालन टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दिप बलले गर्दै केन्द्रिय, महकुमा तथा टाउन कमिटीबाट उपस्थित भएका प्रतिनिधिगणसँग परिचय गराए। सभाको औचित्य विषय लिएर सबैलाई अवगत गराउँदै वक्तव्य राख्ने क्रममा टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामा, टाउन कमिटी नारी शक्तिका सचिवा दीपा छेत्री, खरसाङ टाउन कमिटीका कार्यवाहक सचिव बिरबल पाखरीन, खरसाङ टाउन कमिटीका अध्यक्ष राजु शर्माले आ-आफ्नो सांगठनिक वक्तव्य राखेका थिए। सभाको मुख्य वक्ता केन्द्रीय समिति सदस्य तथा पर्यवेक्षक समीरदीप ब्लोनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे प्रतिनिधि, कार्यकर्ता सदस्य हो भने त्यसलाई प्रमाणित गर्नकोे निम्ति पार्टीको सदस्यता लिने आह्वान गरे। उनले वार्ड नम्बर २० का कतिपय बुनियादी समस्याहरुको समाधान गरिदिन हेतु पहल गरिदिने भन्दै सबैलाई सङ्गठित भई दिने आग्रह गरे। सभाध्यक्षले आफनो सम्भाषणसंगै सभा समाप्ति को घोषणा गरे। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति शंकर राउत, टाउन कमिटी सह सचिव संजय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्यहरू युवा शक्तिको सांगठनिक सचिव अमित थापा, कोषाध्यक्ष बिमल थापा, कार्यकारिणी सदस्यहरू अनुप गुरुङ, २० नम्बर वार्ड युवा शक्ति सभापति सह कार्यकारिणी सदस्य अमित लामा, जितेन यल्मो अनि वार्ड को प्यारेन्ट्स बडी, नारी शक्ति अनि युवा शक्ति को सदस्यहरू उपस्थित थिए भनी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव सञ्जय रावतले जानकारी गराएका छन्।