भागोप्रमो खरसाङ चिमनी देवराली समष्टी कमिटी गठन

IMG-20240922-WA0296

सभापतिमा सभासद श्याम शेर्पा र सचिवमा बिमल मुखिया चयन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको नयाँ समष्टी कमिटी गठन गरिएको छ। उक्त समष्टी कमिटीको लागि खरसाङको राज राजेश्वरी भवनमा भागोप्रमो खरसाङ चिमनी देवराली समष्टीको सांगठनिक सभा ९३ वर्षीय वरिष्ठ नागरिक एचएस बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई शिक्षक निमा लेप्चाले सञ्चालन गरेका थिए। सभामा भागोप्रमो केन्द्रीय सदस्य एंव पर्यवेक्षक समीरदीप ब्लोनले आफ्नो सम्बोधनमा खरसाङ चिमनी देवराली समष्टीको समष्टी कमिटीलाई बधाई तथा शुभकामना दिन्दै यो समष्टी कमिटी दह्रिलो भएको बताएका छन्। उनले यस समष्टी कमिटीमा बौध्दिक र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई लिएर गठन गरिएको कारणले एकदमै सशक्त र दह्रिलो कमिटी गठन गरिएको बताएका छन्। उनले आफ्नो सम्बोधनमा भागोप्रमोले चुनाव घोषणा पत्रमा उल्लेख गरेको सबै वाचाहरू पूरा गरेको र भागोप्रमो क्षेत्रीय दलबाट राष्ट्रिय तहमा जाँदै गरेको राजनैतिक दल रहेको बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद एंव नवगठित समष्टी कमिटीको अध्यक्ष श्याम शेर्पाले आज दह्रिलो समष्टी कमिटी गठन गरिएको जानकारी गराउँदै राम्रो तालमेल राखेर जनताको सेवा गर्न र जनतालाई राम्रो परिणाम दिनलाई काम गर्ने आह्वान् गरे। उनले सभासदको समय दुई बितेको र यस दुई वर्षमा धेरै विकासको कार्यहरू भएको अनि अब रहेको तीन वर्ष पनि जनताको सेवाको लागि माग्छु अनि सबै मिलेर प्रशस्त काम गर्नुपर्छ भनी बताएका छन्। सभासद श्याम शेर्पाले हामी नकरात्मक होइन तर सकरात्मक सोचको साथमा अघि बढ्नुपर्छ भन्दै जीटीएको ४५ वटा समष्टीमा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टी एउटा उदाहरण भएर अघि बढ्नुपर्छ भनी बताएका छन्। सभासद श्याम शेर्पाले महकुमा र केन्द्रीय पदाधिकारीहरू समक्ष सुझाव राख्दै हामी समष्टीको समस्या समष्टीमा नै समाधान गर्ने प्रयास गर्नेछौं अनि समष्टीबाट कसैले पोल लगाउन जान्छ भने दुवै पक्षलाई राखेर सभा गर्नु पर्ने बताएका छन्। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, मनोनित सभासद एंव महकुमा सचिव प्रणाम रसाईलीले पनि सम्बोधन गरेका थिए।

यसै सभामा भागोप्रमो २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको समष्टी कमिटी गठन गरिएको छ। उक्त समष्टी कमिटीमा अध्यक्ष सभासद श्याम शेर्पा, उप सभापतिहरूमा मोहन गुरुङ, किशोर सुब्बा, विष्णु छेत्री, अजित मोक्तान, महासचिवमा बिमल मुखिया, सह सचिवमा अनिल राई, राजु सुन्दास, विकास तामाङ, नवीन छेत्री, ललित गुरुङ, कोषाध्यक्ष निमा लेप्चा, सह कोषाध्यक्ष अरूण तामाङ लगायत १९ जना सल्लाहकारहरू र २५ जनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ चिमनी देवराली समष्टी कमिटी विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नयाँ अध्यक्ष एंव सभासद श्याम शेर्पाले विस्तृत रूपमा जानकारी गराएका छन्। यसै सभामा खरसाङ नगरपालिकाको चेयरम्यान एंव २८ नम्बर समष्टिको पदाधिकारी ब्रिगेन गुरुङलाई केन्द्रीय समितिमा पठाउने प्रस्ताव पारित गरिएको छ।

सभामा भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा, कार्यवाहक सचिव बीरबल पाख्रिन, २८ नम्बर समष्टिको नारी शक्तिको सभापति सुष्मा मुखिया अनि सचिव ललिता क्षेत्री, कर्माध्यक्ष दिनेश तामाङ, पञ्चायत सदस्य दिपेस थापा लगायत समष्टीका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement