दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा एकाडमी नाइट्स (एके)-ले क्वार्टर फाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा आज भएको एकतर्फी म्याचमा गत संस्करणको च्याम्पियन एकाडमी नाइट्स, गान्तोकले माझीधुरा स्पोर्टिंग क्लब (सुकियापोखरी)-विरुद्ध ७-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट नोर्देन तामाङले ४ गोल गरे। यसबाहेक साहिल लिम्बु, राजेश राई र गणेश छेत्रीले पनि १-१ गोल गरे। उत्कृष्ट प्रदर्शनको निम्ति विजेता टीमका नोर्देन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ३१ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।