भद्रपुर: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।
नेपाल र क्यानडाबीचको खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ। जारी सिरिजको पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले हारेको थियो। यो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले सेप्टेम्बर २४मा ओमानसँग खेल्नेछ।
सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा ८ टोली सहभागी छन्। ६ खेलबाट २ अंक जोडेको नेपाल अंक तालिकाको सातौं स्थानमा छ।