कांग्रेस–एकीकृत मालेले संविधान संशोधन गरी भएको अधिकारसमेत खोस्न खोजेको अध्यक्ष राउत को भनाई

IMG-20240922-WA0241

भद्रपुर: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संविधान संशोधनको मुद्दा देखाएर भएको अधिकार पनि खोस्ने खेल भइरहेको बताएका छन्।
जनमत पार्टी धनुषाद्वारा आयोजित प्रशिक्षण तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कांग्रेस एकीकृत माले संशोधनको नाममा संविधानमा भएको अधिकारसमेत खोस्ने खेलमा लागेको आरोप लगाए। उनले थप अधिकार सम्पन्न हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए।
अध्यक्ष राउतले फरक विचारका दुई ठूला दल मिलेर बनेको सरकारले अनिष्ट र विनाशको संकेत दिएको बताए। उनले संविधान संशोधन गरी एमाले कांग्रेसले समानुपातिक समावेशी प्रणाली खारेज गर्न लागेको आरोप लगाए।
अमेरिकामा दुई पार्टी रहेको तर दुवै मिलेर कहिल्यै सरकार नबनाएको भन्दै उनले एउटा आकाश र अर्को पातालजस्तै रहेको बताए।
‘भारतमा बिजेपी–कांग्रेस मिले के हुन्छ? नेपालमा कांग्रेस र एकीकृत माले कसरी मिले? आकाश–पाताल मिलेका छन्। यो अनिष्ट र विनाशको संकेत हो। संविधान संशोधनको लागि मिलेको भन्छन्’, उनले भने।
प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने भन्दै अध्यक्ष राउतले प्रदेशहरुको सिमांकन पनि सच्याउनुपर्ने बताए। संविधान संशोधन गरेर समानुपातिक प्रणाली खारेज गर्ने, दुई पार्टी मात्र रहने निर्वाचन प्रणाली ल्याउने भनेर अहिलेको गठबन्धन बनेको उनले दाबी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement