मालदा: मालदामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव शुरु भएको छ। मन्त्री सबिना यास्मिनले मालदा टाउन हलमा महोत्सवको उद्घाटन गरेकी हुन्। इङ्गलिस बजार नगरपालिकाका अध्यक्ष कृष्णेन्दुनारायण चौधरी, बङ्गरत्न राधागोविन्द घोषलगायतको उपस्थिति रहेको थियो। दुईदिने साहित्य महोत्सवको पहिलो दिन धेरै कविहरूले आफ्ना कविता वाचन गरे। महोत्सवमा दुई दिनसम्म साहित्यका विभिन्न पक्षका बारेमा छलफल हुनेछ।