सिलगढी: शहरमा लुटपाटको उदेश्यले हिँडेका तीन जनालाई पुलिसले हिजो राति पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार शनिबार राति सिलगढी मेट्रोपोलिटन पुलिसको नयाँ जलपाईगढी थाना अन्तर्गत सूर्यसेन कालोनी क्षेत्रमा तीन जना बदमाशहरू धारिलो हतियार लिएर हिँडिरहेका थिए। गोप्य स्रोतबाट सूचना पाएपछि पुलिसले उक्त क्षेत्रमा छापा मारेको थियो। पुलिस देखेपछि उनीहरु भाग्न थाले। तर पुलिसले उनीहरुलाई खेदेर समातेको थियो। पक्राउ पर्नेमा उज्वल बाला, जितेन चक्रवर्ती र भरत बर्मन रहेका छन्। तीनै जना फुलबारी नम्बर १ को शान्तिपाडा क्षेत्रका बासिन्दा हुन्। पक्राउ परेकाहरूलाई आइतबार जलपाईगढी जिल्ला अदालतमा पेश गरियो।
