एल्बम बन्धनको चिनोको अनप्लग्ड भिडियो आज सार्वजनिक हुँदै

IMG-20240922-WA0239

नेपाली भाषी भूटानीका प्रथम गायक प्रताब सुब्बाको पहिलो एल्बम बन्धनको चिनोको अनप्लग्ड भिडियो आज सार्वजनिक हुँदैछ। गीतका शब्द, संगीत र स्वर प्रताब सुब्बाले सन् १९८४ मा कलकत्तामा आफ्नो मित्र खम्बर सिङ गुरूङको घरमा अर्का मित्र जय ब. मतले कलम र कपिमा गीत लेख्न हौसला दिएपछि सो गीत सिर्जना भएको थियो। यो गीत १९८८ मा म्यूजिक नेपालमार्फत सार्वजनिक भई नेपालीहरूको मनमा गहिरो छाप छोड्न सफल भएको थियो। बिशाल गुरुङको निर्देशन र केदार उप्रेतीको सह-निर्देशनमा निर्मित यो अनप्लग्ड संस्करण ए बी क्रिएशनको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिन्दैछ। भिडियोमा प्रयोग गरिएको साधारण धुन, आधुनिक संगीत संयोजन, र उत्कृष्ट वायलिन कलाकारहरूको संगतले गीतलाई नयाँ पुस्तामा लोकप्रिय बनाउने प्रयास गरिएको छ।
यो प्रोजेक्टमा फ्लेमिंगो ब्यान्डका संगीतकारहरू र विभिन्न कलाकारहरूको योगदान छ, जसमा वायलिन बजाउनेहरूमा मुस्कान बालम्पाकी, सेलेना गुरुङ, युमा चाम्लागाई लगायत छन्। गीतको रेकर्डिङ मनिस चाम्लिङ (बिट स्टुडियो) ले गरेका हुन् भने संगीत संयोजन संजीव बराइलीले गरेका छन्।
यो एल्बमको अनप्लग्ड संस्करणमा गायक प्रताब सुब्बाले सर्जकको रूपमा आफ्नो अनुभव सुनाउँदै भनेका छन्, ‘यो संस्करणले पुराना गीतहरूलाई नयाँ पुस्तासम्म पुर्यानउन र संगीतमा नयाँ प्रयोग गर्न सहयोग पुर्या,उँछ।‘ साथै, उनले पुराना समयको तुलनामा अहिले संगीत रेकर्डिङमा प्रविधि र संयोजनमा धेरै सहजता आएको पनि बताए। गायक प्रताब सुब्बाले सबै सहयोगी मित्रहरुलाइ अनेक धन्यबाद दिनु भएको छ। र यस संरकरणलाइ हेरेर , सुनेर माया गरिदिन आग्रह गरेका छन्। निर्देशक बिशाल गुरुङका अनुसार गायक प्रताब सुब्बाका अन्य गीतहरूको पनि अनप्लग्ड संस्करण तयार भइरहेको छ, जसलाई निकट भविष्यमा सार्वजनिक गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement