चेन्नई: रविचन्द्रन अश्विनको असाधारण अलराउण्ड प्रदर्शनको सहायताले भारतले पहिलो क्रिकेट टेस्ट म्याचमा बंग्लादेशलाई २८० रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै भारतले दुईवटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। अश्विनले पहिलो भारतको पहिलो ईनिंग्समा शतक बनाएपछि बंग्लादेशको दोस्रो ईनिंग्समा ६ विकेट लिए। यसरी एमए चिदाम्बरम स्टेडियममा बंग्लादेशले चार दिनभित्रै आत्मसमर्पण गऱ्यो। जीतको निम्ति ५१५ रन बनाउने कठिन लक्ष्यलाई पीछा गर्दै बंग्लादेशले आज शनिवारको स्कोर ४ विकेटमा १५८ रनदेखि अघि खेल्न शुरु गऱ्यो अनि २३४ रन बनाएर पहिलो सत्रमै अलआउट भयो। यसरी बंग्लादेशले आज केवल ७६ रन जोड़ेर रहल ६ विकेट गुमायो। अश्विनको साथमा रविन्द्र जडेजाले मिलेर विपक्षी टीमको ब्याटिंग क्रमलाई तहसनहस पारे। जडेजाले ३ विकेट हासिल गरे।
बंग्लादेशले आज पहिला शाकिब अल हसनको विकेट गुमायो। शाकिब २५ रन बनाएर अश्विनको चौथो शिकार बने। त्यसपछि भारतीय स्पिनरहरूले लगातार विकेट हासिल गरी म्याचलाई एकतर्फी बनाए। शनिवार अविजित रहने बंग्लादेशी कप्तान नजमुल हसन शान्तो आज ८२ रन बनाएर आउट भए। उनले १२७ बल खेलेर ८ वटा चौका र ३ वटा छक्का लगाए। बंग्लादेशको तल्लो क्रममा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। यसैकारण टीम २३४ रन बनाएर अलआउट भयो। पहिलो टेस्ट म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले आफ्नो पहिलो ईनिंग्समा ३७६ रन बनाएको थियो। त्यसपछि बंग्लादेश केवल १४९ रनमा अलआउट हुँदा भारतलाई पहिलो ईनिंग्सको आधारमा 2?२२७ रनको बढ़त हासिल भएको थियो। भारतले पछिबाट ४ विकेटमा २८७ रन बनाएर दोस्रो ईनिंग्स घोषित गर्दा बंग्लादेशलाई म्याच जित्न ५१५ रन बनाउने लक्ष्य प्राप्त भएको थियो। अश्विनलाई प्लेयर अव् द म्याच चयन गरियो।