२२ अगस्तः सुप्रीम कोर्टले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-का मामिलाहरूमाथि सुनुवाई गर्दै प्रशासकहरूका समिति (सीओए)-लाई भंग गऱ्यो। सीओए-ले अब अघिल्लो आदेशसम्म एआईएफएफ-का मामिलाहरूमा हस्तक्षेप गर्नेछैन। यतिमात्र नभएर शीर्ष न्यायालयले भारत सरकारको मागमा महासंघको सञ्चालनको जिम्मा एआईएफएफ एडमिनिस्ट्रेशनलाई सुम्पियो, जसको अगुवाई एक्टिंग सेक्रेटरी जेनरलले गरिरहेका छन्। कोर्टले भारतीय ओलम्पिक संघ (आईओए)-को दिल्ली हाई कोर्टको त्यस आदेश विरुद्ध दायर याचिकामाथि केन्द्रलाई नोटिस जारी गरेको छ, जसमा कार्यहरूका सञ्चालनको निम्ति ३ सदस्यीय समितिको गठन गर्ने आदेश दिइएको थियो। एआईएफएफ-माथि फीफाले लगाएको प्रतिबन्ध रद्द होस् भन्ने लक्ष्यको साथ सुप्रीम कोर्टले यस्तो फसेला सुनाएको छ। फीफाको प्रतिबन्धले यस साल भारतमा हुने फीफा अण्डर-१७ महिला विश्व कप अनिश्चित बन्न पुगेको छ। अहिले सुप्रीम कोर्टको फसेलाले एआईएफएफ-माथि फीफाले लगाएको प्रतिबन्ध चाँड़ै समाप्त हुने बाटो खुलेको छ।









