पुलिसले लुटपाटको योजना विफल बनाउँदै चार जना पक्राउ

photocollage_2024922134614851-copy

 सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको सिलगढी पुलिस थानाले सिलगढी शहरमा लुटपाटको घटनालाई असफल पार्दै चार अभियुक्तलाई पक्राउ गरेको छ। शनिबार राति सिलगढी पुलिस थानालाई गोप्य स्रोतबाट सूचना प्राप्त भएअनुसार भरतनगर अन्डरपास क्षेत्रमा ७ देखि ८ जनाले लुटपाट गर्ने योजनामा बनाएको गोप्य स्रोतबाट सूचना प्राप्त हुनासाथ सिलगढी पुलिस थानाले सादा लुगामा अभियान चलायो। यस अभियानमा सिलगढी पुलिस स्टेशनले चार जनलाई पक्राउ गरेको छ। तर, कतिपय घटनास्थलबाट भाग्न सफल भएको थाहा पाएपछि पक्राउ परेका व्यक्तिबाट नाम पत्ता लगाएर खोजी कार्य शुरु गरिएको छ। सिलगढीको शान्तिनगरका पलाश मण्डल, टिकियापाराका मोहम्मद बाप्पा, टिकियापाराका प्रमोद साहनी र टिकियापाराका बिकी साहनीलाई गए राति भारत नगर अन्डरपास क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेका चारै जनालाई आइतबार सिलगढी अदालतमा पेश गरिएको थियो। पक्राउ परेकाहरुको साथबाट हतियारसहित धेरै प्रकारका उपकरण बरामद गरिएको छ। पुलिसले प्रारम्भिक अनुसन्धानका क्रममा उक्त क्षेत्रको एक घरमा लुटपाट गर्ने योजना बनाएको पुलिसले पत्ता लगाएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement