२२ अगस्तः क्रोएशियाका बोर्ना कोरिचले चोटपछि असाधारण पुनरागमन गर्दै सोमवार वेष्टर्न एण्ड सदर्न ओपन (सिनसिनाटी ओपन) टेनिस टुर्नामेण्टको फाइनलमा स्टेफानोस सितससिपासलाई पराजित गरी आफ्नो पहिलो एटीपी मास्टर्स १००० खिताब जिते। कोरिचले ग्रीसका चौथो वरीयता प्राप्त सितसिपासलाई १ घण्टा ५७ मिनटसम्म चलेको फाइनलमा ७-६ (०), ६-२-ले पराजित गरे। २०२० पछि आफ्नो पहिलो टूर-स्तरीय फाइनल खेलिरहेका क्रोएशियाई खेलाड़ीले टुर्नामेण्टको शुरुवात रफायल नडाललाई पराजित गरेका थिए।

फाइनलको पहिलो सेटमा एक समय १-४-ले पछाड़िए पनि कोरिचले असाधारण पुनरागमन गर्दै ग्रीसका प्रतिद्वन्द्वीलाई दुई सेटमा पराजित गरे। कोरिच काँधको चोटले गर्दा गत सीजनमा अधिकांश समय नै खेलदेखि बाहिर रहेका थिए। सिनसिनाटी ओपनमा खेल्न ओर्लिँदा पनि उनको ऱ्यांकिंग १५२ थियो तर खिताबी जीतपछि अहिले उनी एटीपी ऱ्यांकिंगमा २९औं स्थानमा पुगेका छन्।