कोशी प्रदेशमा लागुऔषध सहित १० जना पक्राउ

IMG-20240922-WA0008

भद्रपुर: झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको मेचिनगर नगरपालिका-४ स्थित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका भारत दार्जिलिङका १९ बर्षिय सरोज माझी र शिवसताक्षी नगरपालिका-१ का २३ बर्षिय बिशाल खड्का र काठमांडू महानगरपालिका-५ का २५ बर्षिय गणेश थापा समेतलाई ५५ ग्राम ब्राउन सहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका-२ का २० बर्षीय सौगात थापा, २१ बर्षीय सागर खत्री, २३ बर्षीय सुरज राई र सुन्दरहरैचा- ११ का २० बर्षीय पुकार विश्वाकर्मालाई ट्रमाडोल, डिकोलिक, ओबिन, लाईसिटोन र स्पाज्मिड समेत गरी ७०७ ट्याब्लेट निषेधित औषधी सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २० बर्षीय आकाश साहलाई ट्रामाडोल ४ हजार ८ यस ट्याब्लेट सहित पक्राउ गरेको छ।
यस्तै, इलाका प्रहरी कार्यालय कटरी उदयपुरको प्रहरी टोलीले कटारी नगरपालिका-८ का दल बहादुर आले मगर र सुमन आले मगरलाई १० किलोग्राम ९६० ग्राम गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement