भद्रपुर: झापाको शिवतिाक्षीस्थित कनकाई नदीमा एकजनाको डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
शिवसताक्षी १० टेग्रामा पानीमा डुबिरहेको अवस्थामा एउटा बेवारिसे शव भेटिएको हो।उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए।घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का बनाउने र शवको पहिचान खुलाउने कार्य भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी इन्स्पेक्टर सुशील थापा मगरले बताए।