स्पेनिश ला लीगाः रियल म्याड्रिडको यादगार जीत

IMG-20240922-WA0159

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले एक समय पछाड़िए पनि गोलको वर्षा गर्दै यादगार जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले एस्पानयोललाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ७३ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिड एक समय म्याचमा १-०-ले पछि रहेको थियो। रियल म्याड्रिडका गोलकीपर थिबाउट कोर्टियोसले ५४औं मिनटमा आत्मघाती गोल गर्दा एस्पानयोलले बढ़त हासिल गऱ्यो। त्यसपछि चाहिँ रियलले लगातार ४ गोलको साथ एस्पानयोलको चुनौतीलाई माटोमा मिलायो। होम टीमबाट डानी कार्वाहालले ५८औं, रोड्रिगोले ७५औं, विनिसियस जूनियरले ७८औं र कीलियन एम्बाप्पेले ९०औं (पेनल्टी) मिनटमा गोल गरे। यस जीतपछि रियल म्याड्रिड ६ वटा म्याचमा १४ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी भेलेन्सियाले गिरोनाविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट लुइस रिओजाले ५६औं र डानी गोमेजले ५८औं मिनटमा गोल गरे। अन्य म्याचहरूमा ओसासुनाले लास पाल्मासलाई अनि अलावेसले सेविलेलाई २-१-को समान अन्तरले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement