गान्तोक: भारतीय वनस्पति सर्वेक्षणका वैज्ञानिक एवं कार्यालय प्रमुख डा. राजीव गोगोईले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा अधिकारीहरूले राज्यपाललाई सिक्किममा चलिरहेको वनस्पति सर्वेक्षणको गतिविधिहरू र उपलब्धिहरूको बारेमा अवगत गराए।
डा. गोगोईले राज्यपाललाई सिक्किममा प्रचुर वनस्पति विविधिता रहेको बताउॅंदै यसको संरक्षण र संवर्धनका लागि धेरै महत्त्वपूर्ण कार्यहरू चलिरहेको अवगत गराए।
राज्यपालले संस्थाका कार्यहरूको सराहना गर्दै भने, सिक्किमको प्राकृतिक सुन्दरता र जैव विविधतालाई पर्यटनको माध्यमद्वारा अझ धेरै मानिसहरूसम्म पुऱ्याउन आवश्यक छ। यसका साथै, स्थानीय समुदायहरूलाई पनि यी प्रयासहरूमा सामेल गर्ने दिशामा बल दिनु पर्नेछ।
यस अवधि अधिकारीहरूले सिक्किमको जैव विविधतामाथि आधारित पुस्तकहरू राज्यपाललाई भेट गरे।