गान्तोक: सिक्किमका प्रिन्स ग्यालसे पाल्देन ग्यूर्मेद नामग्यालले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। प्रिन्सको साथमा चुकलाखाङ ट्रस्टका स्टेट म्यानेजर आडुप भोटिया पनि सामेल थिए।
राजभवनद्वारा जारी प्रेस बयान अनुसार, संक्षिप्त सौहार्दपूर्ण अन्तरक्रिया अवधि प्रिन्स ग्यालसे पाल्देनले राज्यको विकास मामिलाहरूमा आफ्नो गहिरो चासो तथा सिक्किम र सिक्किमेहरूका लागि केही योगदान गर्न उत्सुकता व्यक्त गरे।