भारतीय सेनाका अधिकारीहरूले राज्यपालसॅंग भेट गरे

n6318852211726944613594c76c6cf194a7a1cfa3e77a5204aac9f95d1059ea6104541b10ce1aaae2d6c631

गान्तोक: चीफ इस्टर्न कमाण्डका जीओसी लेफ्टिनेन्ट जनरल राम चन्द्र तिवारीले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा भेट गरे। जीओसी लेफ्टिनेन्ट जनरल तिवारीको साथमा त्रिशक्ति कोरका जीओसी लेफ्टिनेन्ट जनरल जुबिन ए. मिनावाला र १७ माउण्टेन डिभिजनका जीओसी मेजर जनरल अमित कब्थियाल पनि सामेल थिए। उक्त जानकारी राजभवनले आज प्रेस विज्ञप्तिमा दिएको छ।
यस भेटको क्रममा भारतीय सेनाका उच्च पदस्थ अधिकारीहरूले राज्यपालसॅंग नागरिक-सैन्य समन्वय पक्षहरूमाथि चर्चा गर्दै सिक्किम सरकारद्वारा उनीहरूलाई प्रदान गरिएको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

About Author

Advertisement