भिन्न रूपले सक्षम समुदायका टोलीले गर्‍यो राज्यपालसँग शिष्टाचार भेट

IMG-20240921-WA0285

गान्तोक: राज्यका भिन्न रूपले सक्षम समुदायका सदस्यहरूले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे। भेटको क्रममा राज्यपालले उनीहरूलाई राजभवनको पक्षबाट सहयोग पुऱ्याउने आश्वासन दिएका छन्। उक्त टोलीको नेतृत्व सियोन लेप्चाले गरेका थिए भने यस अवसरमा राज्यपालले उनीहरूद्वारा राखिएको विभिन्न प्रकारको समस्या र गुनासो ध्यानपूर्वक सुनेपछि सहयोग गर्ने आश्वासन दिएका हुन्। सियोन लेप्चाले शारिरिकरूपमा असक्षम व्यक्तिहरूले भोग्न परिरहेको समस्याबारे अवगत गराउँदै यसको समाधान गरिदिने राज्यपाललाई आग्रह गरेका छन्।राज्यपालले राजभवन विभिन्न रूपमा सक्षम व्यक्तिहरूको कल्याणको पक्षमा प्रतिवद्धथा रहेको जानकारी गराउँदै सबै प्रकारको समस्या समाधान गरिदिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement