विधायक लेप्चाले गरिन्‌ निर्माणाधीन सडकको निरीक्षण

IMG-20240921-WA0284

पाक्योङ: नाथाङ माछोङ समष्टिकी विधायक पामिन लेप्चा, पाकिमका जिल्लापाल रोहन अगवानेको नेतृत्वमा एक टोलीले आज बड़ापाथिङमा सडक निर्माण र यसको अवस्थाबारे जायजा लिए। पाकिम जिल्लाअन्तर्गत दुर्गम क्षेत्रहरूलाई जोड़ने सडकको जर्जर अवस्था निर्माणाधीन कार्यबारे जानकारी लिँदै स्थानीय मानिसहरुको सुविधाका लागि यसमाथि प्रभावी पहल गर्नुपर्ने अधिकारीहरुलाई निर्देश दिए। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड कम्पनीअन्तर्गत पर्ने र १२० मिटर सड़क विनाशकारी पैह्रोले क्षतिग्रस्त बनाएपछि वाहनहरुको आवतजावतमा गम्भीर प्रभाव परेपछि विधायक लेप्चाले सम्बन्धित अधिकारीहरुसँग संयुक्त रुपमा निरीक्षण गरेको हो। सम्बन्धित विभागहरूले यस दिशामा प्रभावी पहल गर्नुपर्ने निर्देश दिइएको छ। जसको फलस्वरुप आजदेखि केही सडकमा वाहनहरुको आवतजावत सुचारु गरिएको छ। निरीक्षणको क्रममा विधायक लेप्चाले मुख्यमन्त्री प्रेमसिंह तामाङ र सडक तथा पुल विभागीय मन्त्री एमबी दाहाललाई यस महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माणमाथि ध्यान दिइएकोमा आभार व्यक्त गरिन्। यसका साथै स्थानीय गाउँलेहरूलाई पनि सहयोगको लागि आभार व्यक्त गरिन्। स्मरण रहोस्, सडक तथा पुल विभागका मन्त्री एनबी दाहालले भर्खरै पैह्रो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेर प्रभावी पहलको प्रतिवद्धता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement