अन्तर एकलव्य मोडल आवासीय स्कूल कला महोत्सवको समापन

IMG-20240921-WA0282

पाक्योङ: राज्य सरकारको समाज कल्याण विभागद्वारा आयोजित दुई दिवसीय राज्यस्तरीय अन्तर एकलव्य मोडल आवासीय विद्यालय सांस्कृतिक, साहित्यिक र कला उत्सव समाप्त भयो। उक्त कार्यक्रम पाक्योङ जिल्लाअनन्तर्गत आसामलिङ्गजेको जनजाति अनुसन्धान संस्थानमा आयोजन गरिएको थियो। उक्त उत्सव भारत सरकारको शिक्षा मन्त्रालयले गरेको हो। जसको उद्देश्य विद्यालय, जिल्ला, राज्य र राष्ट्रिय स्तरहरूमा कला र सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्नु रहेको थियो। कार्यक्रममा समाज कल्याण विभागकी सचिव सारिका प्रधान मुख्य अतिथिका रुपमा उपस्थित थिइन्। सो अवसरमा बोल्दै सचिव प्रधानले कार्यक्रमलाई सफल बनाउनमा विद्यार्थीहरुको भूमिका सराहनीय रहेको बताइन्। उनले लोक परम्परा र सम्पदाबारेमा चेतना जगाउनका संस्कृति र विविधता झल्काउने कार्यक्रम आयोजन जरुरी रहेको बताइन्। उनले स्कूल कक्षाकोठाको पर्खालभन्दा बाहिर निस्केर यस्ता कार्यक्रमहरू गरिएको र यसबाट विद्यार्थीहरूलाई आफ्नो क्षमता वकास प्रदर्शन गर्न र आफ्ना रुचिका नयाँ क्षेत्रहरूमा काम गर्न अवसर प्रदान गर्ने बताइन्। उनले विभिन्न कलाले विद्यार्थीहरूलाई बहुमूल्य जीवन सिकाउने उल्लेख गरिन्। साथै विद्यार्थीहरुलाई जित्ने भन्दा सहभागितालाई प्राथमिकता दिन प्रोत्साहित गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने बिजेताहरुलाई बधाई दिइन्। कार्यक्रममा सिक्किमका चार स्कूलहरू सोयम, गाङग्याप, पारखा र सुन्तलेबाट विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमको दोस्रो दिन सामुहिक गीत, समूह नृत्य एकल नृत्य, एकल गीत, थिएटर र वाद्यवादन प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement