दुइ दिवसीय स्वास्थ्य शिविरबाट सिङतामका जनता लाभान्वित

IMG-20240921-WA0281

गान्तोक: सिङ्ताम खामदोङकाका क्षेत्र विधायक एनबी दाहालको विशेष पहलमा आजदेखि सोनामती मेमोरियल सरकारी विद्यालयमा दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर आरम्भ भयो। मन्त्री एनबी दाहाल, उनकी धर्मपत्नी सबिना राईको पहलमा आयोजित दुई दिवसीय शिविरमा लाइन्स क्लब अफ् सिक्किम अनि गरीब जनकल्याण प्रकोष्ठको विशेष सहकार्य रहेको थियो। प्रायः सबै रोगका विशेषज्ञ डाक्टरहरूको उपस्थितिले यो शिविरबाट क्षेत्रका जनताले धेरै लाभ उठाए। यस शिविरबाट ४ सय भन्दा अधिक रोगीहरूले स्वास्थ्य जँचाएर निःशुल्क औषधिहरू पनि प्राप्त गरे। यहाँ जचाउँदा कुनै व्यक्तिमा गम्भीर रोग भेटाइएको खण्डमा उनीहरू राज्य बाहिर लानु पर्ने स्थिति भएमा सरकारको तर्फबाट लैजाने भएको छ। आज अधिक मात्रमा आँखाको समस्या लिएर शिविरमा आएका थिए। उनीहरूको आँखाको जाँच पछि आवश्यक परे चस्मा पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो।
आज प्रथम दिनको शिविरमा मन्त्री दाहाल अनि उपस्थित अतिथिहरूले दीप प्रज्वलन गरेर शिविरको उत्घाटन गरे। योसँगै मन्त्री दाहालले शिविरमा स्वास्थ्य सेवा दिन आएका सबै चिकित्सकहरूलाई माल्यर्पण गरेर स्वागत जनाए।
विगत वर्षहरूमा यो क्षेत्रलाई प्रतिनिधित्व गर्ने विधायक चिकित्सक रहेतापनि स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको तर जनताप्रतिको स्वच्छ विचार अनि जनसेवाको भावनाको प्रतिफल वर्तमान मन्त्री एव क्षेत्र विधायकले समष्टिको इतिहासमानै यतिको वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजन गरेर जनतालाई दिएको सुविधाको निम्ति जनताले विधायकप्रति आभार व्यक्त गरेको छन्। यसरी जनताको स्वास्थ्य प्रति चिन्तित बन्दै विधायकले यस प्रकारको पहल गरेकोमा स्थानीयहरूमा खुशीको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement