रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शनिवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा आज भएको म्याचमा प्रधान इलेभेनले सिलगढ़ी युनाइटेड ब्रदर्सविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट पुजन लेप्चाले २९औं र ३८औं मिनटमा २ गोल गरे। यसबाहेक रेशब छेत्रीले पनि ५०औं र ५६औं मिनटमा २ गोल गरे। यसरी सिलगढ़ी युनाइटेड ब्रदर्सबाट निर्मल रोयले तेस्रो र टिट्टू दे-ले ४३औं मिनटमा १-१ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।