आफ्नो आदर्श धोनीको बराबरी गर्न सफल भए रिषभ पन्त

IMG-20240921-WA0272

चेन्नई: स्टार विकेटकीपर-ब्याटर रिषभ पन्तले शनिवार बंग्लादेशविरुद्ध यहाँ जारी पहिलो टेस्ट म्याचको तेस्रो दिन शतक बनाए। देब्रे हातका यस ब्याटरको यो छैटौं टेस्ट शतक हो। दिसम्बर २०२२-मा भएको भयावह कार दुर्घटनामा पन्तलाई गम्भीर चोट लागेको थियो। त्यसपछि उनले खेलमा फर्किन कठोर संघर्ष गर्नु पऱ्यो अनि यसपाली बंग्लादेशविरुद्ध टेस्ट प्रारूपमा फर्किएर उनले पहिलो म्याचमै शतक बनाए। यस २६ वर्षीय विकेटकीपर-ब्याटरको यो टेस्ट करियरको छैटौं अनि समग्रमा सातौं अन्तर्राष्ट्रिय शतक हो। यसरी उनले भारतका पूर्व कप्तान तथा आफ्नो आदर्श महेन्द्र सिंह धोनीको सर्वाधिक ६ वटा टेस्ट शतक बनाउने रेकर्डको बराबरी गरे। पन्तले ५८ वटा ईनिंग्समा ६ वटा शतक बनाएका छन् जबकि धोनीले १४४ वटा ईनिंग्समा ६ वटा शतक बनाएका थिए। यस सूचीमा रिद्धिमान साहा (५४ वटा ईनिंग्समा ३ वटा शतक) तेस्रो स्थानमा छन् । पन्तले आज १२८ बल खेलेर १३ वटा चौका र ४ वटा छक्काको साथ १०९ रन बनाए। कार दुर्घटनापछि पन्त यस साल आईपीएल-को माध्यमले प्रतिस्पर्धी क्रिकेटमा फर्किएका थिए। उनले आईपीएलमा १३ वटा म्याचमा ३ वटा अर्द्धशतकको साथ ४४६ रन बनाएका थिए। त्यसपछि उनले टी२० वर्ल्ड कपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement