दिपावली कप फूटबल टुर्नामेण्टको उद्घाटन म्याचमा रेड हर्स इलाम विजयी

photocollage_2024921224843711

दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करण शनिवारदेखि शुरु भयो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा आज भएको उद्घाटन म्याचमा नेपालको रेड हर्स इलामले आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट पासांग शेर्पाले २ र नितेश गुरुङले १ गोल गरे। यसरी आयोजक टीमबाट प्रशान्त सुब्बा र बिशेष थापाले १-१ गोल गरे। विजेता टीमका पासांग शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ३१ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्। टुर्नामेन्टको गत संस्करणमा एके गान्तोक च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement