भद्रपुर: नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) का लागि खेलाडी रजिस्ट्रेसन खुलेको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार एक सूचना जारी गर्दै यही २८ सेप्टेम्बरसम्म खेलाडीले आफ्नो रजिस्ट्रेसन गराउन सक्ने जनाएको छ।
खेलाडीले ए बी र सी गरी तीन वर्गमा आफ्नो रजिस्ट्रेसन गराउन सक्नेछन्। खेलाडी रजिस्ट्रेसनका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने क्यानले जनाएको छ। रजिस्ट्रेसन भएका खेलाडीहरूलाई एनपीएलका ८ वटा फ्रेन्चाइज टिमले अक्सनमार्फत आफ्नो टिममा अनुबन्धन गर्नेछन्।
आठवटै टिमले यसअघि नै मार्की खेलाडी पाइसकेका छन्। एक टिममा १६ जना खेलाडी रहनेछन्। त्यसमध्ये ४ जना विदेशी खेलाडी राख्न पाइनेछ। लिग नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमांडूमा हुनेछ।