विश्व पर्यटन दिवस: सिलगढीमा कञ्चनजङ्घा पर्यटन महोत्सव आयोजना गरिने

308c747c-1a94-4aa0-95be-2272620c52d2-1024x576

सिलगढी:: उत्तर बङ्गालको पर्यटन प्रवद्र्धन गर्न कञ्चनजङ्घा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । संरक्षण तथा पर्यटन संघले सेप्टेम्बर २७ देखि सेप्टेम्बर २९ सम्म महोत्सव आयोजना गर्ने भएको छ ।संस्थाका सदस्यहरुले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा संरक्षण तथा पर्यटन संघका ब्रान्ड एम्बेसडर भाइचुङ भुटिया, राज बसु लगायतको उपस्थिति रहेको थियो। आगामी सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवस हो। सोही दिन माटिगडास्थित सपिङ मलमा तीनदिने कञ्चनजङ्घा पर्यटन महोत्सव सुरु हुनेछ।
ग्रामी पुरस्कार विजेता रिकी केज, ओर्क मुखर्जी र अन्य महोत्सवमा विशेष अतिथि हुनेछन्। ओपन माइक कार्यक्रमसँगै विभिन्न खाद्य प्रतियोगिता समेत हुने संस्थाका सदस्यहरुले बताएका छन्। आजको पत्रकार सम्मेलनपछि नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement