सिलगढी: मटीगडा थानाको पुलिसले १३ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा नाबालिगले भेनाजु भनेर बोलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ। अभियुक्तको नाम हरि राय हो। उनी माटिगडा पुलिस थाना इलाकाका बासिन्दा रहेको बताइएको छ। जानकारीका अनुसार उक्त नाबालिग आफ्नतको घरमा आएकी थिइन्। सोही क्रममा हरि रायले बालिकालाई चकलेटको प्रलोभन देखाएर घुम्न लगेका थिए। माटिगडास्थित भाङ्गा पुलमुनि सुनसान ठाउँमा लगेर बलात्कार गरेका थिए। घटनापछि माटिगडा पुलिस थानामा उजुरी परेको थियो। यहाँ उजुरीका आधारमा माटिगडा पुलिस थानाले अनुसन्धान गरी अभियुक्तलाई हिजो पक्राउ गरेको हो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।