मालबजार सुपर स्पेशलिटी अस्पतालमा सुरक्षाकर्मीका लागि दुई दिने तालिम उद्घाटन

IMG-20240921-WA0233

मालबजार: मालबजार सुपर स्पेशलिटी अस्पतालमा सुरक्षाकर्मीका लागि दुई दिने तालिम शुरु भएको छ। माल पुलिस थानाको पहलमा मलबजार सुपर स्पेशलिटी अस्पतालका सुरक्षा गार्ड र सुपरभाइजरका लागि दुई दिने विशेष तालिम शिविर शनिबार बिहान माल थानाको मुख्य भवनमा शुरु भएको छ। यस तालिमको मुख्य उद्देश्य अग्नि नियन्त्रक, आपतकालीन उद्धार कार्य र अस्पतालमा शान्ति सुरक्षा कायम राख्ने जस्ता महत्वपूर्ण क्षेत्रमा सुरक्षाकर्मीको सीप अभिवृद्धि गर्नु रहेको छ। कुल ४५ सुरक्षाकर्मीलाई यो तालिम दिइनेछ। पहिलो दिन २२ जना सहभागी थिए। तालिम शिविरमा माल पुलिस अधिकृत विराज मुखोपाध्याय, तेन्जिङ भुटिया, मालबजार दमकल इन्चार्ज विचितर तरफदारलगायतको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement