फुटबल प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टोलीलाई पुरस्कृत गरियो

IMG-20240921-WA0167

जलपाईगढी: जलपाईगढी जिल्ला पुलिसद्वारा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा च्याम्पियन र उपविजेता टोलीलाई पुरस्कृत गरियो। पुलिस र आम जनताबीचको सुमधुर सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले पछिल्लो ३७ दिनदेखि यो फुटबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा जिल्लाका नगर र गाउँका गरी जम्मा १२० फुटबल टोलीको सहभागिता रहेको थियो। जसमा ९० महिला फुटबल टिम पनि परेका थिए। जिल्लाका विभिन्न स्थानबाट ४० वटा मैदानमा खेल खेलाइएको छ। खेलाडीलाई करिब आठ लाख रुपियाँ पुरस्कार प्रदान गरिएको छ।

जिल्ला पुलिस उपरीक्षक उमेश खाँडबहालेले यस्ता प्रतियोगिताबाट पुलिस र जनताबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने अवसर सिर्जना भएको बताए। उनले पुलिस र आम जनताबीचको दुरी घटाउन यस प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। यो फुटबल प्रतियोगिता खेल मात्र होइन सामाजिक मचंको रुपमा पनि काम गर्दछ। जहाँ स्थानीय जनता एकजुट भएर खुशी र उत्साहको वातावरण बनाएका छन्। यस अवसरमा जिल्ला अधिकारी शमा परवीन सहित धेरै प्रशासनिक अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement