सिलगढी: शहरमा लागुऔषध दुर्व्यसनीहरूको बढ्दो गतिविधिबाट मेयर चिन्तित छन्। उनले पुलिसको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। शनिबार मास्टर दा सूर्यसेन स्मारक समितिका सदस्यले मेयर गौतम देवलाई मास्टर दा सूर्यसेनको शालिक वरिपरि मादक पदार्थ सेवन गरेका युवकले रेलिङ भाँचिरहेको कुरा मेयरलाई जानकारी दिएl उनले भने, ‘गौतम बाबुले आफूलाई यसबारे जानकारी भएको बताए।‘ उनले शहरमा लागुऔषध दुर्व्यसनी धेरै भएकाले यस्ता घटना हुने गरेको बताए। यसबारे उनले सिलगढी र प्रधाननगर पुलिस थानालाई पटक पटक जानकारी गराए पनि हालसम्म कुनै कारबाही नभएको भन्दै लागुऔषध कारोबारीलाई कारबाही गरिने र शहरको सौन्दर्यता बढाइने छ।