राष्ट्रिय स्तरीय भलिबल प्रतियोगितामा तेस्राे स्थानको साथमा घर आइपुगे खेलाडीहरू

IMG-20240921-WA0263

मिरिक: मिरिकबाट पश्चिम बंगाल र नर्थ इष्टकाे प्रतिनिधित्व गरेर लुविस इंग्लिस स्कूल र ग्रीन लन इंग्लिस स्कूलका अण्डर १७ संयुक्त छात्रा भलिबल दल भारतकाे तमिलनाडु राज्यकाे काेटागिरिमा गत १७ र १८ सेप्टेम्बर २०२४ काे दिन भएकाे सीआईएससीई राष्ट्रिय भलिबल प्रतियाेगितामा भाग लिएर तेस्राे स्थान हाँसिल गरेर घर फर्किएका छन्। काेच आनन्द जाेहाेन, जितेन तामाङ अनि टिम म्यानेजर बिनिता सुब्बाकाे अगुवाईमा गएकाे छात्रा भलिबल दललाई घर फर्कन्दा बागडाेग्रा हवाई अड्डामा भव्य स्वागत जनाइयाे साथै लुविस इंग्लिस स्कूलका निर्देशक लियाेनार्ड सुब्बा अनि सम्पूर्ण स्कूलले स्कूल प्रांगाणमा खदा लगाई स्वागत जनाएका छन्।भारतभरिका १७ राज्यहरूले भाग लिएकाे अण्डर १७ छात्रा भलिबल प्रतियाेगितामा बिहार, झारखण्ड, केरला, गुजरात अनि महाराष्ट्रलाई खेलमा हराएर तेस्राे स्थान हाँसिल गरेकाे छ। उक्त खेल पश्चात् अण्डर १७ छात्राहरूबाट मिरिकबाट जाने २ जना छात्राहरू अतुल्य प्रधान, आकृति गुरुङ (लुविस इंगलिस स्कुल) आनन्दी प्रधान (ग्रीनलन इंग्लिस स्कूल) राष्ट्रिय सीआईएससीई दलका निम्ति छनाैट भएका छन्। यसकाे साथै पश्चिम बंगाल र नर्थ इष्टलाई प्रतिनिधित्व गर्दै लुविस इंग्लिस स्कूल र सप्तश्री ज्ञानपीठका छात्राहरू अण्डर १४ वर्गका खेलमा भाग लिएका थिए। उनीहरू क्वाटर फाइनलसम्म पुगेका थिए तथापि उक्त टाेलीबाट पनि लुविस इंग्लिस स्कूलका दुई छात्राहरू काव्य घिसिङ र मञ्जुश्री तामाङ सीआईएससीई राष्ट्रिय छात्रा भलिबल दलका निम्ति छनाैट भएका छन्। मिरिकबाट गएका यी छात्राहरूका भलिबल दलले मिरिक मात्र हाेइन पहाडकै शिर खडा गरेर आएकाेमा पहाडभरि हर्षकाे माहाेल छाएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement