खरसाङको गाडीधुरा अमृतबस्तीमा गाउँभित्र जाने पक्की सडकको उदघाटन

IMG-20240921-WA0261

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको गाडीधुरा अमृतबस्तीमा शुक्रवार गाँउभित्र जाने पक्की सडकको सन्त मेरिज तीन ग्राम पञ्चायतका प्रधान मणिराज डुम्जनको बाहुलीबाट रिबन काटी उद्घाटन गरियो। यस उद्घाटन समारोहमा सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङ, भागोप्रमो खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, महकुमा सहसचिव संजोग रोका साथै स्थानीयवासीहरू उपस्थित थिए। ग्रामवासीको दिर्घकालिन मांग मध्ये एक रहेको यो सडकको समस्या पूरा भएकोमा सम्पूर्ण ग्रामवासीमा खुशीको लहर छाएको छ। भागोप्रमो अमृतबस्ती बहुनी पोखरी शाखा सभापति निरज रूम्बाले ग्राम पञ्चायतद्वारा गरिएको कामको निम्ति जीटिए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिँदै अनित थापाकै कारण पहाडमा हराइ सकेको पञ्चायतीराज फर्किएको हो र आज यस्ता जनतालाई चाहिने ससाना सुख सुविधा यसको माध्यमबाट कार्यहरू भइ रहेको जनाए। तिनले क्षेत्रिय सभासद्, प्रधान, उप-प्रधानलाई यसको निम्ति धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement