खरसाङमा स्वच्छता नै सेवा अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

IMG-20240921-WA0252

खरसाङ: आकाशवाणी खरसाङको समाचार एकांश र गोर्खा जनपुस्ताकालय खरसाङको संयुक्त आयोजनामा आज खरसाङमा स्वच्छता नै सेवा अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ। गोर्खा जनपुस्ताकालय भवनको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न कार्यक्रमलाई आकाशवाणी खरसाङको प्रसारण निष्पादक मनन तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष रबीनकुमार प्रधान उपस्थित रहेका थिए। पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पुस्ताकालयको मूल सचिव विनोद रसाइलीले राखेका थिए। कार्यक्रममा स्वच्छता नै सेवा अभियान कार्यक्रमको उद्देश्य र औचित्य विषयमा आकाशवाणी खरसाङको समाचार विभागका प्रभारी अशोक चौरासियाले वक्तव्य राखेका थिए। उनले स्वच्छता नै सेवा कार्यक्रमको यसपालीको नारा ‘स्वभाव स्वच्छतामा र संस्कारमा स्वच्छता रहेको बताउँदै स्वच्छताले मानिसको जीवनमा स्वास्थ्य मात्रै होइन मान र मर्यादा पनि प्राप्त हुने बताएका छन्। स्वच्छता अभियान प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि शुरु गरेको र यसपाली १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म चल्ने बताएका छन्। उनले स्वच्छता अभियान राष्ट्रपिता महात्मा गाँधीले शुरु गरेको बताएका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष रबीनकुमार प्रधानले स्वच्छता नै सेवा विषयमा वक्तव्य राख्दै आकाशवाणी खरसाङको समाचार विभाग र गोर्खा जनपुस्ताकालय खरसाङको संयुक्त आयोजनामा यस कार्यक्रम सम्पन्न भएको अनि यस्तो कार्यक्रममा जनसाधारणको लागि रहेको साथै स्वच्छताक विषयमा हामी सबैजना व्यवहारिक रूपमा सचेत हुन आवश्यक छ भनी बताएका छन्। कार्यक्रममा विशिष्ट अतिथि आचार्य केशव मिश्रले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा सभाध्यक्षक रूपमा उपस्थित आकाशावाणी खरसाङको प्रसारण निष्पादक मनन तामाङले वक्तव्य राख्दै स्वच्छता विषयमा सबैभन्दा पहिला हामी आफैप्रति इमान्दार हुनुपर्छ त्यसपछि परिवार र समाजप्रति अनि राष्ट्रप्रति इमान्दार हुनुपर्छ भनी बताएका छन्। उनले स्वच्छता विषयमा हामी सबैजना व्यवहारिक रूपमा सचेत हुनुपर्छ भनी बताएका छन्। कार्यक्रममा कविहरू रचिता छेत्री, अजित वियोगी र आरती ठकुरीले कविता र गजल वाचन गरेका थिए। कार्यक्रममा समाचार वाचक विश्व सुब्बाले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ समाजसेवी तिलक शर्मा अनि गोर्खा सांस्कृतिक संस्थान खरसाङकी सचिव प्रनिता मुखिया घिसिङ पनि उपस्थित रहेका थिए। कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको पदाधिकारीहरू र सदस्यहरू लगायत आकाशवाणी खरसाङको समाचार विभागका सम्पादकगण, समाचार वाचकहरू र कर्मचारीहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement