मालदा सहरको कुम्हार टोली एकदमै व्यस्त

IMG-20240921-WA0241

मालदा: मालदा शहरको कुम्हार टोली क्षेत्रमा आजकल व्यस्तता देखिन्छ। मालदा जिल्लाका प्रसिद्ध कुमाले राजकुमार पण्डितको कारखानामा अहिले निकै व्यस्त देखिन्छ। यस कारखानामा विभिन्न किसिमका मुर्तिहरु बनाइन्छन्। यसवर्ष नारी शक्तिले बनेको यो मूर्तिले सबैको ध्यानाकर्षण गरेको छ। पूजा मण्डपको थिम पनि नारी शक्ति रहेको छ। केहि दिन पछि, बंगालको सबैभन्दा ठूलो चाड दुर्गा पूजा शुरु हुन लागेको छ। करिब एक महिनादेखि आरजी कर विरुद्ध देशभर आन्दोलन भएको थियो। त्यसैले पूजा मण्डपको विषय नारी शक्ति रहेको छ। त्यही विषयवस्तुमा कलाकारले मूर्ति बनाउँदैछन्।

About Author

Advertisement