सभासद श्याम शेर्पाद्वारा विभिन्न स्थानहरूमा डस्टबिनहरू वितरण

IMG-20220822-WA0156.jpg

खरसाङ: खरसाङ देवराली समष्टि अर्न्तगत चैतेपानीको मेघमाला ग्राम सुधार समितिलाई समष्टिका सभासद श्याम शेर्पाले डस्टवीन प्रदान गरेका छन्‌। सभासदले उपलब्ध गराएका उक्त डस्टवीनहरू गाउँवासीमा वितरण गरिएको छ। डस्टवीन वितरणको कार्यक्रममा समितिका पदाधिकारीहरू, भागोप्रमो खरसाङ चिम्नी देवराली समष्टि अनि देवराली क्षेत्रका नेतृत्वहरूको उपस्थिति रहेको थियो। मेघमाला ग्राम सुधार समितिलाई डस्टवीन उपलब्ध गराएकोमा खरसाङ देवराली समष्टि भागोप्रमो सह सचिव बीके छेत्रीले सभासद श्याम शेर्पालाई धन्यवाद दिँदै सभासदको यो कार्य अनि सहयोगको निम्ति धन्यवाद दिएका छन्। सभासद श्याम शेर्पाले आफ्नो गाउँ, घर, परिवेश आफै सफा राखौँ भन्ने उद्देश्यले 28 नम्बर खरसाङ देवराली समष्टि अर्न्तगत खरसाङ नगरपालिकाको वार्ड न. १ देखि १० सम्मका विभिन्न संघ-संस्थालाई पहिलाबाटै ठूलो ठूलो मैलादानी वितरण गरिसकेका छौँ भने प्रत्येक वार्डवासीलाई आफ्नो घरको निम्ति डस्टवीन वितरण गर्ने कार्य गरिसकेका छौँ भनी बताएका छन्।

उनले यो कार्यलाई निरन्तरता दिँदै समष्टिको पञ्चायती क्षेत्रमा रहेका ३ माईल, अप्पर चैतेपानी, देवराली, सिमानाटार, चिम्नी, मजुवा अनि चित्रे क्षेत्रका विभिन्न संघ-संस्थालाई ठूलो खालको डस्टवीन वितरण गर्ने कार्य गरिसकेका छौँ भन्दै पञ्चायती क्षेत्रमा यो कार्यलाई निरन्तरता दिँदै दोस्रो चरणमा प्रत्येक घर-परिवारले डस्टवीन वितरण गर्ने कार्य शुरू गरेका हौँ। यसै क्रममा देवरालीको मेघमाला ग्राम सुधार समितिको माध्यमबाट क्षेत्रका मानिसहरूलाई डस्टवीन वितरण गरिएको बताएका छन्। श्याम शेर्पाले यसरी डस्टवीन वितरण गरिएपछि सबैले यसको सदुपयोग गरून भन्दै सबैले आफ्नो घरमा निस्किएको फोहोर-मैला निश्चित स्थानमा लगेर फाल्न पर्छ भनी आह्वान् गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement