जलवायु परिवर्तनबारे आवाज उठाउन आह्वान गर्दै काठमांडूमा र्याली

IMG-20240921-WA0239

भद्रपुर: जलवायु परिवर्तनले नेपाललाई पारिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन आह्वान गरिएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा काठमांडूमा आयोजित र्‍यालीसहितको कोणसभाका सहभागीले जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको प्रत्यक्ष असर झेल्नुपरेको गुनासो गरेका छन्। महासङ्घका अध्यक्ष संगीता लामाले भनिन , “विकसित देशले ठूला आणविक भट्टी सञ्चालन गर्दा, खनिज पदार्थको दोहन गर्दा जलवायुमा असर परेको छ। यसको नकारात्मक परिणाम अल्पविकसित र विकसित राष्ट्रले बेहोर्नुपरेको छ। हरित ग्यास उत्सर्जन गरेबापत उनीहरूले क्षतिपूर्ति दिने प्रतिबद्धता गर्छन् तर त्यसको कार्यान्वयन नहुँदा श्रमिक र गरिब वर्ग मर्कामा परेका छन्।”
उनले जलवायु परिवर्तनले तापक्रम वृद्धि हुने, अल्पवृष्टि र अनावृष्टि हुनेजस्ता समस्या निम्तिएको र यसले कृषिलगायत विविध क्षेत्रमा श्रमिकको रोजीरोटी खोसिएको तथा गरिबी, बेरोजगारीका कारण युवा पलायन भइरहेको दाबी गरिन्। गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा नेपालका हिमालका हिमशृङ्खला पग्लिएर काला पहाड बन्ने खतरा बढेको तर्क गरे। उनले खेतिपातीलगायत हरेक क्षेत्रमा देखिएको असर न्यूनीकरणका लागि विकसित देशले जलवायु असरमा शून्य भूमिका खेल्ने नेपाललाई क्षतिपूर्ति दिनुपर्ने विचार व्यक्त गरे। नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स श्रमिक युनियनका अध्यक्ष सुमनप्रसाद पराजुलीले कोपनहेगनमा २०२४ मा भएको जलवायुसम्बन्धी सम्मेलनमा विकसित देशले गरेको प्रतिबद्धताको पूर्ण पालनाका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कडा आवाज उठाउनुपर्नेमा जोड दिए।
उहाँले कृषिमा आधारित नेपालजस्तो देशलाई सहयोग गर्ने प्रतिबद्धता गरे पनि त्यस्ता देशले चर्को ब्याजमा ऋण उपलब्ध गराएर ऋणको भार बोकाइरहेको दाबी गरे। महासङ्घका महासचिव कमला तामाङले जलवायु परिवर्तनले तापक्रममा वृद्धि हुँदा हिमालको हिउँ पग्लने र हिमताल फुट्ने जोखिमले नेपालको मानव सभ्यतै खतरामा रहेको जोखिम औँल्याएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement