चेन्नई: भारतले बंग्लादेशविरुद्ध जारी पहिलो क्रिकेट टेस्ट म्याचमा जीतको दिशामा कदम बढ़ाएको छ। आज म्याचको तेस्रो दिन रिषभ पन्त र शुभमन गिलको शतकपछि रविचन्द्रन अश्विनको उत्कृष्ट बलिंगले बंग्लादेशलाई हारको दिशामा ठेल्यो। आज भारतले ४ विकेटमा २८७ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा बंग्लादेशलाई म्याच जित्न ५१५ रन बनाउने मुश्किल लक्ष्य प्राप्त भयो। त्यसपछि बंग्लादेशले शनिवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ४ विकेट गुमाएर १५८ रन बनायो। यसरी बंग्लादेशलाई म्याच जित्न अझ ३५७ रनको आवश्यकता छ जबकि केवल ६ विकेट बाँचेको छ। आज खेल समाप्त हुँदासम्म बंग्लादेशका नाजमुल होसेन शान्तो ५१ र शाकिब अल हसन ५ रनमा अविजित थिए। आज बंग्लादेशको दोस्रो ईनिंग्समा मुख्य रूपले अश्विनले उत्कृष्ट बलिंग गर्दै ३ विकेट हासिल गरे। यसैकारण बंग्लादेशले असल शुरुवातपछि लगातार अन्तरालमा विकेट गुमायो। विशाल लक्ष्यलाई अघि राखेर ब्याटिंग गर्ने बंग्लादेशलाई जाकिर हसन (३३ रन) र शादमन इस्लाम (३५ रन)-ले मिलेर असल शुरुवात दिलाए। यी दुईले पहिलो विकेटको निम्ति ६२ रनको पार्टनरशीप गरे। जसप्रीत बुमराहले जाकिरलाई आउट गरी यस साझेदारीलाई तोड़ेपछि अश्विनले आफ्नो कलाकारी देखाउन शुरु गरे। उनले शादमन, मोमिनुल हक (१३ रन) र मुश्फिकुर रहीम (१३ रन)-को विकेट लिए। आज अविजित रहने कप्तान शान्तोले ६० बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाएका छन्।

यसअघि आज शुक्रवारको स्कोर ३ विकेटमा ८१ रनदेखि अघि खेल्दै भारतको दोस्रो ईनिंग्सलाई गिल र पन्तले मिलेर सम्हाले। यी दुईले चौथो विकेटको निम्ति १६७ रनको पार्टनरशीप गरी बंग्लादेशको कामलाई कठिन बनाए। कार दुर्घटनाको शिकार बनेपछि आफ्नो पहिलो टेस्ट म्याच खेलिरहेका पन्तले प्रभावशाली ब्याटिंग गर्दै १०९ रन बनाए। उनले १२८ बल खेलेर १३ वटा चौका र ४ वटा छक्का लगाए। यो उनको छैटौं टेस्ट शतक हो। यसरी गिलले १७६ बल खेलेर १० वटा चौका र ४ वटा छक्काको साथ अविजित ११९ रन बनाए। शतक पूरा गरेपछि पन्त आक्रामक शट् खेल्ने प्रयासमा आउट भए। टीमको स्कोर २३४ हुँदा पन्त आउट भएपछि गिलले केएल राहुलसँग खेल्दै आफ्नो शतक पूरा गरे। राहुल २२ रनमा अविजित रहे। टीमको स्कोर २८७ रन पुगेपछि कप्तान रोहित शर्माले ईनिंग्स घोषित गरे। बंग्लादेशका बलरहरूमा मेहदी हसन मिराजले सर्वाधिक २ विकेट लिए।