अलिपुरद्वारमा हात्तीको आक्रमणबाट दुई घरमा क्षति, चारजना घाइते

Chhetriya-Samachar

अलिपुरद्वार: अलीपुरद्वार जिल्लाको कुमारग्राम ब्लक अन्तर्गत हेमागडीको बाघमारा क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट दुई घरमा क्षति पुगेको छ तथा चार जना घाइते भएका छन्। स्थानीय श्रोतका अनुसार आज बिहान घोरामारा जंगलबाट उक्त क्षेत्रमा हात्ती प्रवेश गरी बब्लु उराँउ नामका व्यक्तिको घरमा पसेर उनको दुई कोठामा आक्रमण गरे। त्यतिबेला घरमा बब्लु उराँउ र उनको परिवारका अन्य तीन जना थिए। हात्तीको आक्रमणबाट उनी घाइते भएका छन्। लगत्तै स्थानीयले घटनास्थल पुगेर घाइतेको उद्धार गरे। घटनापछि घोरमरा वन विभाग कार्यालयलाई खबर गरिएको थियो। खबर पाएलगत्तै वनकर्मी घटनास्थलमा पुगेर घाइतेलाई कुमारग्राम स्वास्थ्य केन्द्रमा लगेकाे बताएकाे छ। स्थानीय स्रोतका अनुसार उक्त क्षेत्रमा हात्तीले लगातार आक्रमण गरिरहेको छ। स्थानीयले वन विभागसँग अनुगमन गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement