कारखानामा आगलागीका कारण आतंक

IMG-20240921-WA0156

सिलगढी: सिलगढी सहरको छेउमा रहेको सिलगढी महानगरीय पुलिसको नयाँ जलपाईगुडी थाना अन्तर्गत फुलबारी इन्डस्ट्रियल पार्कमा रहेको एक कारखानामा आगलागी भएको छ। फुलबारी नम्बर २ ग्राम पञ्चायत क्षेत्र पुथिमारी औद्योगिक क्षेत्रको भुसा उद्योगमा शनिबार बिहान आगलागी भएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएपनि कारखाना र मेसिनरीमा ठुलो क्षति पुगेको छ। घटनाको खबर पाउनासाथ फुलबारी दमकलको इन्जिन घटनास्थलमा पुगेर आगो निभाएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement