पैसा नपाउँदा खेल्न अस्वीकार गरेको आरोपपछि प्रतिक्रिया व्यक्त गरे सुमित नागलले

IMG-20240921-WA0208

नयाँ दिल्ली: भारतका शीर्ष टेनिस खेलाड़ी सुमित नागलले हालै ढाड़मा चोट रहेको बताएर स्वीडेनविरुद्ध डेविस कपको म्याचहरूबाट हट्ने फसेला गरेका थिए। यसबीच अखिल भारतीय टेनिस संघ (एआईटीए)-ले नागल पैसाको कारणले नखेलेको बताउँदा मुद्दा चर्चामा आएको छ। एआईटीए-को भनाइअनुसार, नागलले डेविस कपको म्याचहरू खेल्न ५०००० अमेरिकी डलर (लगभग ४२ लाख रुपियाँ)-को वार्षिक फीस मागेका थिए। यसको साथमा एआईटीए-ले नागलमाथि जानीबुझी देशको निम्ति खेल्न अस्वीकार गरेको आरोप लगाएको थियो। नागल नखेल्दा भारत स्वीडेनविरुद्ध एकल विशेषज्ञ बिना नै खेल्न ओर्लिएको थियो अनि टीम ०-४-ले पराजित भएको थियो। यस अवधि नागल एटीपी २५० हांग्झोउ ओपनमा सामेल थिए तर उनले ढाड़को समस्याले गर्दा आफ्नो म्याचबाट हट्ने फसेला गरेका थिए। एआईटीए महासचिव अनिल धूपरले भनेका छन्, एकजना खेलाड़ीले देशको निम्ति खेल्दा के पैसा माग्नु पर्छ ? यो तपाईंहरू नै बताउनुहोस्। उनले ५०००० अमेरिकी डलरको वार्षिक फीस मागेका थिए अनि भुक्तान नगरिए नखेल्ने बताएका थिए। खेलाड़ीहरूलाई त्यसै पनि टप्स-को माध्यमले भुक्तान गरिन्छ अनि डेविस कप खेल्दा उनीहरूलाई भुक्तान नगरिने पनि होइन। उनीहरूलाई पारिश्रमिक दिइन्छ। यसबीच नागलले एआईटीए-को दावीलाई अस्वीकार गरेका छैनन् अनि सोशल मीडियाको माध्यमले आफ्नो बचाउ गरेका छन्। उनले लेखेका छन्, पेशादार टेनिसमा खेलाड़ीहरूलाई उनीहरुका सेवाको निम्ति भुक्तान गरिनु सामान्य कुरा हो। आफ्नो देशको प्रतिनिधित्व गरिरहेको नै भए पनि खेलाड़ीहरूलाई प्रतियोगिताहरूमा हिस्सा लिनको निम्ति पैसा दिइन्छ। यसमा व्यक्तिगत फाइदाको कुरा आउँदैन। एआईटीए र डेविस कप कप्तानसँग मेरो चर्चा गोपनीय छ अनि म यसबारे कुनै अड़कलबाजीमा सामेल हुन चाहदिनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement