लोप्चु: लोप्चु युथको तत्त्वावधानमा आयोजित दशहरा कप २०२४ फूटबल टुर्नामेण्टमा शुक्रवार पहिलो राउण्डको २ वटा म्याच खेलियो। लोप्चु पब्लिक ग्राउण्डमा भएको पहिलो म्याचमा गार्लांग युनाइटेडले दबाईपानी फूटबल क्लबविरुद्ध ७-२-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा सोरेंग फूटब क्लबले पीसीआई लोप्चुविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।