चेन्नई: भारतका दिग्गज ब्याटर विराट कोहली साल २०२१-देखि नै एशियाई पीचहहरूमा स्पिनरहरूविरुद्ध संघर्ष गरिरहेका छन्। चेन्नईमा बंग्लादेशविरुद्ध पनि कोहलीलाई दोस्रो ईनिंग्समा स्पिनरले नै आउट गरे। पहिलो टेस्टको दुईवटा ईनिंग्समा उनले ६ र १७ रन मात्र बनाउन सके। पहिलो ईनिंग्समा उनी हसन महमूदको अफ् स्टम्प बाहिरको बललाई पीछा गर्न आउट भए जबकि दोस्रो ईनिंग्समा उनलाई स्पिनरले पभेलियन पठाए। उनी मेहदी हसन मिराजको शिकार बने। स्पिनरहरूविरुद्ध २०२१-देखि टेस्ट प्रारूपमा कोहलीले १०९४ बलको सामना गरेर केवल ४४९ रन बनाएका छन्। यस अवधि उनी १८ पल्ट आउट भएका छन्। उनको औसत २७.७२-को अनि स्ट्राईक रेट ४५.६१-को रह्यो।
कोहलीले यस साल सबै प्रारूपमा औसत प्रदर्शन गरेका छन्। २०२४-मा उनले १५ वटा म्याचको १७ वटा ईनिंग्समा १८.७६-को औसतले केवल ३१९ रन बनाएका छन्। यसमा केवल एउटा अर्द्धशतक रहेको छ। दक्षिण अफ्रिकाविरुद्ध टी२० वर्ल्ड कपको फाइनलमा मात्र उनले ७६ रन बनाएका थिए। टेस्ट प्रारूपमा कोहलीको औसत गत ८ सालको सबैभन्दा निम्न स्तरमा रहेको छ। समग्रमा उनले ११४ वटा टेस्ट म्याचको १९३ वटा ईनिंग्समा ४८.७४-को औसतले ८८७१ रन बनाएका छन्। यसमा २९ वटा शतक र ३० वटा अर्द्धशतक सामेल छ। अन्तिमपल्ट उनको औसत यसभन्दा कम्ती नोभेम्बर २०१६-मा थियो, जब उनको औसत ४८.२८-को रहेको थियो। साल २०२०-देखि टेस्ट क्रिकेटमा कोहलीको प्रदर्शन असल रहेको छैन। २०२०-को शुरुवातदेखि खेलिएको ३० वटा टेस्ट म्याचको ५२ वटा ईनिंग्समा उनले २ वटा शतक र ८ वटा अर्द्धशतकको साथ केवल ३२.७२-को औसतले १६६९ रन बनाएका छन्। यसमा उनको सर्वश्रेष्ठ स्कोर १८६ रन रह्यो। यसरी २०२३-२५ आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप चक्रको अवधि कोहलीले ५ वटा टेस्ट म्याचको ८ वटा ईनिंग्समा ४९.००-को औसतले ३९२ रन बनाएका छन्। यसमा एउटा शतक र २ वटा अर्द्धशतक सामेल छ। आफ्नो पहिलो डब्ल्यूटीसी खिताबको खोजमा रहने भारतको निम्ति लक्ष्यसम्म पुग्न कोहली लयमा फर्किनु महत्त्वपूर्ण हुनेछ।