अफगानिस्तानको दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक सीरीज जीत

IMG-20240921-WA0141

शारजाह: अफगानिस्तानले आफ्नो असाधारण प्रदर्शनको क्रम जारी राख्दै दक्षिण अफ्रिकालाई दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा १७७ रनले पराजित गऱ्यो। यस जीतको साथै अफगानिस्तानले ३ वटा म्याचको वनडे सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। यो अफगानिस्तानको कुनै आईसीसी ऱ्याङकिंगको शीर्ष ५-मा सामेल कुनै पनि टीमविरुद्ध पहिलो वनडे सीरीज जीत हो। यसरी दक्षिण अफ्रिकाको निम्ति यो वनडे क्रिकेटमा रनको अन्तरले पाँचौं सबैभन्दा ठूलो हार हो। अफगानिस्तानको यस जीतमा ओपनिंग ब्याटर रहमानुल्लाह गुरबाज (१०५ रन) र स्पिनर राशिद खान (५ विकेट)-को महत्त्वपूर्ण भूमिका रह्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३११ रन बनायो। जवाफमा दक्षिण अफ्रिकी टीम ३४.२ ओभरमा केवल १३४ रन बनाएर अलआउट भयो। दक्षिण अफ्रिकी टीमले असल शुरुवात गरे पनि पछिबाट केवल ६१ रनमा १० विकेट गुमाउँदा निराशाजनक हारको सामना गर्नु पऱ्यो।
म्याचमा पहिला ब्याटिंग गर्ने अफगानिस्तानलाई गुरबाजको शतक बाहेक रहमत शाह र अजमातुल्लाह ओमारजईको अर्द्धशतकले असल स्कोरसम्म पुऱ्यायो। गुरबाजले ११० बल खेलेर १० वटा चौका र ३ वटा छक्काको साथ १०५ रन बनाए। यसरी अन्तिम ओभरहरूमा आक्रामक ब्याटिंग गर्दै ओमारजईले ५० बल खेलेर ५ वटा चौका र ६ वटा छक्काको साथ अविजित ८६ रन बनाए। गुरबाजले साथी ओपनर रिआज हसन (२९ रन)-सँग मिलेर पहिलो विकेटको निम्ति १७.३ ओभरमा ८८ रनको पार्टनरशीप गरे। रिआज आउट भएपछि गुरबाजलाई रहमत शाहले असल साथ दिए। यी दुईले दोस्रो विकेटको निम्ति १०१ रनको पार्टनरशीप गरे। अफगानिस्तानले पछिबाट यी दुईजनालाई लगातार अन्तरालमा गुमायो। रहमतले ६६ बलमा २ वटा चौकाको साथ ५० रन बनाए। त्यसपछि ओमारजईले मोहम्मद नबी (१३ रन)-सँग मिलेर चौथो विकेटको निम्ति ५५ रनको पार्टनरशीप गरी टीमलाई २७१ रनसम्म पुऱ्याए। नबी आउट भएपछि ओमारजईले ठूलो शट्हरू खेल्दै अफगानिस्तानलाई ३११ रनसम्म पुऱ्याए। विशाल लक्ष्यलाई पिछा गर्दै दक्षिण अफ्रिकालाई कप्तान तेम्बा बवूमा (३८ रन) र
टोनी डी जोर्जी (३१ रन)-ले मिलेर असल शुरुवात दिलाए। यी दुईले पहिलो विकेटको निम्ति १४ ओभरमा ७३ रनको पार्टनरशीप गरे तर बावूमा आउट हुनको साथै दक्षिण अफ्रिकाले भटाभट विकेट गुमाउन थाल्यो। यसरी दक्षिण अफ्रिकी टीम १३४ रनमा अलआउट भयो। एडन मार्करमले २१ रनको योगदान दिए। अफगानिस्तानका बलरहरूमा राशिद खानले ५ र नान्गोयालिया खारोटेले ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement