जलपाईगुडी: पुलिसले छवटा चोरीको मोटरसाइकल बरामद गरेको छ भने यस घटनामा दुई जना पक्राउ परेका छन्। तीमध्ये एक जलपाईगुडी कोतवाली थाना क्षेत्रका र एक हल्दीबारी क्षेत्रका बासिन्दा हुन्। स्रोतका अनुसार गुनासोका आधारमा हल्दिबारी पुलिसले चाम्रा गोदाम नजिकको नाका चेकिङ प्वाइन्टबाट चोरीको स्कुटरसहित दुई जनालाई पक्राउ गरेको छ। तीमध्ये एकको नाम विकास हाजरा र अर्कोको नाम गोपाल मण्डल हो। पक्राउ परेकाहरुलाई अदालतमा पेश गरी ४ दिनको म्याद थप गरेको पुलिसले जनाएको छ। उनको सोधपुछका क्रममा जलपाईगुडी जिल्लाका विभिन्न क्षेत्रबाट चोरीका ६ वटा मोटरसाइकल बरामद भएको छ।