कोशी प्रदेशको चालु अधिवेशन अन्त्य

IMG-20240921-WA0033

भद्रपुर: कोशी प्रदेशको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु पाचौँ एवम् बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरिएको हो।
प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलाई सिफारिस गरेको थियो। सरकारको सिफारिसका आधारमा खापुङले संसद अधिवेशन अन्त्य गरेका हुन्।
पाचौँ अधिवेशनमा २१ वटा संसद बैठक बसेको छ। २१औं बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयले पठाएको अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका छन् ।प्रदेशसभाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको पाचौँ एवं बजेट अधिवेशन गत मई १३ देखि सुरु भएको थियो।
अधिवेशनमा प्रदेश निजामती ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयकलगायतका ऐन पारित भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement