अध्यक्ष नेपाल पार्टी भित्रको अराजक गतिबिधि प्रति कठोर हुने पर्ने भनाई

IMG-20240921-WA0054

भद्रपुर: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पारेका छन्।
पार्टीको वाग्मती प्रदेश कमिटीले शुक्रबार काठमांडूमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका छन्।
महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए। एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे। अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement