नेपालमा १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाका प्रतिनिधि भेला हुदै

IMG-20240921-WA0009

भद्रपुर: नेपालमा एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुलो भेला हुने भएको छ।
आगामी शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन (एसिक कन्फरेन्स)मा ती देशका सरकारी निकायहरु सहभागी हुने भएका हुन्। ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्ष पछि गर्न लागेको हो।
शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं बार्सिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ।
सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायहरुको आआफ्नो देशको अनुभवसहित यश क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए।
यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनले बताए। आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ, उनले भने।
सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत देशका सुरक्ष्ण सस्थाहरुको सहभागिता रहनेछ। सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement